दफा १८
सेवा उपलब्ध गराउनु पर्ने
(१) कुनै कारणले सेवा प्रणाली अवरुद्ध भएमा सेवाप्रदायकले आवश्यकता अनुसार सम्बन्धित निकायको सहयोग र समन्वयमा तत्काल मर्मत सम्भार गरी सेवा सुचारु गर्नु पर्नेछ र मर्मत सम्भार अवधिमा सेवा सुचारु राख्नका लागि वैकल्पिक व्यवस्था गर्नु पर्नेछ।

(२) सेवाप्रदायकले अस्पताल तथा व्यावसायिक उपभोक्तालाई . सेवा उपलब्ध गराउँदा पानी उपयोग गरे पश्चात निस्कने- फोहोरपानीको वातावरणमा प्रतिकूल असर नहुने गरी व्यवस्थापनका लागि त्यस्ता उपभोक्तासँग आपसी सम्झौता गरी सेवा प्रदान गर्नु पर्नेछ।

स्पष्टीकरण: यस उपनियमको प्रयोजनको लागि “व्यावसायिक उपभोक्ता” भन्नाले उद्योग, कलकारखाना, होटल लगायतका; व्यावसायिक क्रियाकलाप सञ्चालन गर्ने प्रयोजनका लागि पानी उपभोग गर्ने उपभोक्ता सम्झनु पर्छ।

(३) सेवाप्रदायकले सेवाको प्रकृति अनुरुपको जोखिममा आधारित खानेपानी तथा सरसफाइ सम्बन्धी सुरक्षा योजना बनाई लागू गर्नु पर्नेछ।

(४) सेवाप्रदायकले सेवाको सञ्चालन- तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिक बडापत्र सहितको गुनासो व्यवस्थापन एकाइको व्यवस्था गर्नु पर्नेछ।

(५) सेवाप्रदायकले खानेपानी तथा सरसफाइ सेवा सञ्चालन तथा व्यवस्थापन गर्दा अनुमतिपत्रमा उल्लिखित अनुसूची-७ बमोजिमका कार्यसम्पादन सूचक, मन्त्रालयले तोकेको अधिकारी वा निरीक्षकले: दिएको निर्देशन तथा ऐन र यस नियमावली बमोजिमको मापदण्ड पालना गर्नु पर्नेछ।

(६) उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ सेवा सञ्चालन तथा व्यवस्थापन गर्दा मन्त्रालयले तोकेको अधिकारी तथा निरीक्षकले दिएको निर्देशन तथा मापदण्डको पालना गर्नु पर्नेछ।